नुवाकोटको छहरेबाट लागुऔषधसहित ५ जना पक्राउ
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बजारबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् ।

छहरेमा रहेको एक होटलबाट उनीहरुलाई प्रहरीले ३.६८ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका दुई जना रहेका छन् भने रसुवाका तीनजना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर १० का सुमन तामाङ, किस्पाङ गाउँपालिका वडा नम्बर १ का तुलसिङ तामाङ रहेका छन् ।
यस्तै पक्राउ पर्ने अन्यमा रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का २४ वर्षिय सुवास वाईवा, २२ वर्षिय चित्र बहादुर तामाङ र कालिका गाउँपालिका वडा नम्बर ३ का सुमन घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।
गत शनिवार राती छहरे बजारको एक होटलबाट पक्राउ परेका उनीहरुलाई सोमवार जिल्ला अदालत नुवाकोटमा पेश गरिएको थियो । प्रहरीले अदालतबाट ९ दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया