तारकेश्वर गाउँपालिकाका विद्यालय खुल्यो
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका विद्यालयहरु आजदेखि संचालन आएका छन् ।

गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वैशाख २ गतेदेखि नै विद्यालय संचालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाभरका सामुदायिक विद्यालयहरु संचालनमा आएका हुन् ।
संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने निर्णय भएको सन्दर्भमा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक समेत रहेका अधिकारीले गाउँपालिका भित्रका शैक्षिक संस्थाहरूका लागि चार बुँदै निर्देशन दिँदै विद्यालय खोल्न सबै शैक्षिक संस्थाहरुलाई आह्वान गरेका थिए ।

अध्यक्ष अधिकारीले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिका भित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन गर्दैै आएको बुक फ्री डे मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन भनेपछि विद्यालयले सोही अनुसारको कार्यक्रम संचालन गरेको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको भुमेदेवी आधारभुत विद्यालयका प्रध्यानाअध्यापक नवराज न्यौपानेले बताए ।

आज विद्यार्थीहरुलाई बुक फ्रि डे अन्तरगत अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरिएकाे प्रअ न्याैपानेले विदुर खबरलाइ जानकारी दिए ।

पालिका अध्यक्षको निर्देशन अनुसार बिद्यालय खोलेर विद्यार्थीहरूलाइ सिर्जनात्मक र व्यवहारिक ज्ञान दिएकाे उनले बताए ।

अध्यक्ष अधिकारीले २०८३ सालको नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रम सहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले तय भइसकेको वार्षिक शैक्षिक क्यालेण्डर प्रभावित हुने भएपछि पालिकाका शैक्षिक संस्थाहरु खोलन निर्देशन दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











तारकेश्वर गाउँपालिकाका विद्यालय खुल्यो
संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी
तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य





प्रतिक्रिया