नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकाले धेरै क्षेत्रमा काम गर्नुपर्ने भएपनि खेलकुद र खेलाडी प्रर्वद्धनमा काम गरिरहेको बताए । उनले नगरपालिकाको स्रोत घट्दै गएकोले खेल क्षेत्रमा पर्याप्त बजेट नपरेको बताए । प्रमुख श्रेष्ठले नगरपालिकाले अवका दिनमा पुर्वाधारको साथसाथै खेलाडी उत्पादनमा विशेष जोड दिने समेत उल्लेख गरे ।

नगरप्रमुख श्रेष्ठले सिमित स्रोत र साधनको वावजुत नगरपालिकाले क्रिकेट र फुटवल खेललाई वृहत रुपमा अगाडी बढाइरहेको समेत दाबी गरे ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले नगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेपनि क्रिकेट खेललाई नै भनेर बजेट विनियोजन नगरेको बताइन् ।

उनले नगरले खेलकुदका विभिन्न प्रतियोगिताहरु संचालन गरिरहेको भन्दै आगामी निति तथा कार्यक्रममा समेत खेलकुदका कार्यक्रम समावेश गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
कार्यक्रममा नगर खेलकुद समितिका अध्यक्ष अच्युत महन्त राज गिरीले नगरपालिकाले आगामी वर्षदेखि कुल बजेटको एक प्रतिशत रकम खेलकुदमा राख्नुपर्ने माग गरे ।

उनले खेलकुद क्षेत्रमा नगरपालिकाको बजेट कम भएकोले सोचे अनुसारको खेलकुद गतिविधी हुन नसकेको बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य कविन्द्र कार रन्जितले खेलुकद संस्थामा बजेट कम हुँदा खेलाडीको मनोबल स्थानिय सरकारले बढाउनुपर्नेमा जोड दिए ।

उनले जिल्लामा कुर्नैपनि खेलकुदका कार्यक्रम गर्दा माग्दै हिँड्नुपर्ने अवस्था देखिएको भन्दै असन्तुष्टि जनाए ।
कार्यक्रममा नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले यो वर्ष संघले विभिन्न क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए । उनले यस वर्ष जिल्लामा कलेज स्तरीय, क्लबस्तरीय र महिला क्रिकेट प्रतियोगिता गर्ने तयारी भएको बताए । पाठकले यसै वर्षदेखि जिल्लामै क्रिकेट एकेडेमी समेत संचालन गर्ने लक्ष्य रहेको बताए ।

यसको लागि आम सरोकारवाहरुको सहयोगको अपेक्षा गरिएको उनले बताए ।

२०६३ सालमा स्थापना भएको नुवाकोट क्रिकेट संघले अहिले १२ वट्टै स्थानिय तहमा पालिकास्तरीय क्रिकेट समिति बनाइसकेको छ ।

साधारणसभामा विभिन्न व्यतिहरूकाे उपस्थिती रहेकाे थियाे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया