बेलकोटको नलगाउँमा रुखले च्यापिएर एक जनाको मृत्यु
विदुर खबर
२०८२ चैत २८ गते ११:५८
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ खर्कटोल नलगाउँमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का ३५ वर्षिय प्रेम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
खर्कटोल नलगाउँका अरुण तामाङको बारीमा कुटमेरोको रुख काट्ने क्रममा कुटमेरोको रुखले च्यापिएर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
र्दुघटनामा दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा अरुण तामाङ र माधव भुजेल रहेका छन् । तामाङको ढाडमा चोट लागेकोले उपचारको लागि त्रिशुली अस्पताल ल्याइएको छ भने भुजेलेको अवस्था सामान्य रहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया