नुवाकोटको दुप्चेश्वरमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ हुने
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आगामी वैशाख १ गते न्यु एयर ब्लास्ट रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ संघ नुवाकोटको आयोजनामा नयाँ वर्षको अवसर पारेर वैशाख १ गते प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर परिसरमा प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष प्रहाल्द थापाले जानकारी बताए ।
प्रतियोगिताको विषयमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल रिङ रेस्लिङ संघका महासचिव कमल तामाङले प्रतियोगिताको पुरुषतर्फको विजेताले गोल्डेन बेल्टका साथै नगद ७५ हजार रुपैयाँ हात पार्ने बताए ।
त्यस्तै महिलातर्फको विजेताले बेल्ट र नगद ५० हजार हात पर्ने बताए । त्यस्तै पुरुष ट्याक्टीमतर्फ हार्डकोर विद्याका विजेताले मेडल र नगद ६० हजार रुपैयाँ हात पार्नेछन् भने त्रिपल थ्रेटका विजेताले मेडल र नगद २५ हजार रुपैयाँ हात पार्ने महासचिव लामाले बताए ।

प्रतियोगितामा कुल ७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा चर्चिच रेस्लरहरु नुवाकोटे टाईगर, साइन, डेबिट, चट्टान, किङ्गरोवर्ट, उर्गे, ठागु, तनु आकृति, सुजल, एक्स हिरो, सिजेलल्ड लगायत नेपालका एकदर्जनभन्दा बढी रेस्लरहरुको महाभिडन्त हुने बताइएको छ ।

प्रतियोगिता नुवाकोटको प्रशिद्ध दुप्चेश्वर महादेवको मन्दिर प्राङ्गणमा हुने बताइएको छ । प्रतियोगितालाई कोटबारी होटल लगायतले सहयोग गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको दुप्चेश्वरमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ हुने
बेलकोटको नलगाउँमा रुखले च्यापिएर एक जनाको मृत्यु
टिमुरे यातायातले त्रिशुली- काठमाडौँ चल्ने ईभीको भाडा नबढाउने
काठमाण्डौ–त्रिशुली भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा, कहाँको कति ?





प्रतिक्रिया