टिमुरे यातायातले त्रिशुली- काठमाडौँ चल्ने ईभीको भाडा नबढाउने

विदुर खबर २०८२ चैत २८ गते ११:१२

नुवाकाेट । टिमुरे यातायात प्रालीले नुवाकाेट र रसुवामा चल्ने विद्युतीय सवारी साधन (इभी माइक्राे) काे भाडा नबढाउने भएकाे छ ।

Advertisement

टिमुरे यातायात प्रालीका अध्यक्ष प्रकाश जोशीले नेपाल अायल निगमले लगातार पेट्राेलियम पदार्थमा निरन्तर मुल्यवृद्दि गरेपछि सरकारले गाडीकाे भाडा बढाए पनि नुवाकोट र रसुवा चल्ने इभी माइक्राेकाे भाडा वृद्दि नगर्ने बताए ।

जोशीले सार्वनजिक यातायाताको भाडा वृद्धिको असर ईभीमा पनि देखिने भएपनि जनतालाई राहात दिन इभीको भाडा नबढाइने बताए । पेट्रोलिय पदार्थको भाडा बढ्दा त्यसको असर ईभी माईक्रोमा पनि देखिन्छ तर हामी भाडा बढाउँदैनो जोशीले भने ।

Advertisement

नुवाकोटबाट काठमाडौं जाने ईभीले अहिले ३३० रुपैयाँ भाडा लिइरहेका छन् ।

Advertisement

प्रतिक्रिया