ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न
नुवाकाेट । नुवाकाेटकाे विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेकाे ग्लाेबल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव, दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम बिहिबार सम्पन्न भएकाे छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ उपप्रमुख प्रभा बाेगटीले कार्यक्रमको संयुत रूपमा उद्घाटन गरेका थिए । कार्यत्रममा सम्बाेधन गर्दै नगरप्रमुख श्रेष्ठले शिक्षालाई समुन्नत समाज निर्माणको आधारस्तम्भका रूपमा व्याख्या गरे । उनले नगरपालिकाकाे गुणस्तरीय शिक्षाकाे अभियानमा निजि विद्यालयले विशेष याेगदान गरेकाे उनले बताए ।
मेयर श्रेष्ठले अाफुहरू निर्वाचित भएदेखि नै नगरपालिकाकाे निति तथा कार्यत्रममा नै शिक्षाा क्षेत्रलाइ विशेष प्राथमिकता दिएर काम गरिरहेकाे बताए । उनले नगरकाे शिक्षाा सुधारकाे लागि शिक्षक दरबन्दीदेखि विविध काम गदै अाइरहेकाे उल्लेख गरे । नगर प्नमुख श्रेष्ठले नगरपालिका निजि क्षेत्रकाे साथ लिएर अगाडी बढ्न तयार रहेकाे समेत बताए ।

नगरप्रमुख श्रेष्ठले जिल्लामै गुणस्तरीय शिक्षाकाे लागि राम्राे विद्यालय खुल्न अाफैमा राम्राे रहेकाे बताए । उनले बालबालिकाहरूलाइ उत्कृष्ठ दिनका लागि काठमान्डाै धाउनुपर्ने अवस्थाकाे अन्त्य हुँदा अभिभावकहरूकाे समय र पैसा दुबै बचत रहेकाे बताए ।
कार्यत्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बाेगटीले विद्यालयकाे कार्यत्रममा विद्यार्थी र अभिभावककाे उपस्थितिले विद्यालयप्रति विश्वास देखिएकाे भन्दै खुशी व्यक्त गरिन्र । उनले विद्यालयकाे निरन्तर प्रगतिकाे कामना गर्दै उत्कृष्ठ नतिजाकाे कामना समेत गरिन्र ।

कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कायस्थ, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, नुवाकाेट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतकाे उपस्थिति रहेको थियो।
कार्यत्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गरेका थिए भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियाे ।

कार्यत्रममा विद्यालयका अध्यक्ष विश्वमभरमानसिंह डंगोलले अभिभावहरूकाे चाहाना अनुसार अागाम दिनमा विद्यालयमा उत्कृष्ठ नतिजाकाे साथै अतिरित्त कृयाकलापमा समेत ध्यान दिने बताए ।

उनले विद्यालय सबैकाे साझा रहेकाे भन्दै सबै अभिभावक र विद्यालय परिवार मिलेर उन्ननयमा लाग्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट





प्रतिक्रिया