कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य शैलेश श्रेष्ठ पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बिहिबार विहान सामाजिक संजाले फेसबुकमार्फत उनले पार्टीको जिल्ला सदस्यबाट राजीनामा दिएको जानकारी दिए । त्यस्तै उनले नेपाली कांग्रेसको सक्रिय सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्ने बताए ।
पछिल्लो समय पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद प्रवृति हाबी भएको आरोप लगाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । नेपाल तरुण दलको जिल्ला सदस्य हुँदै पार्टीको १४ औ महाधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका श्रेष्ठले पार्टी परित्याग गरेर स्वतन्त्र भएर वस्ने बताएका छन् ।
श्रेष्ठले नेपाली काग्रेस आफ्नो सिद्धान्त र मुल्य मान्यताबाट पूर्ण रुपमा च्यूत भई व्यत्तिबादी प्रवृति हावी भएकोले पार्टीबाट अलग हुने निर्णय गरेको विदुर खबरलाई जानकारी दिए ।
उनले कांग्रेसमा नेपाली जनताका लागि भन्दा व्यत्तिबादी प्रवृति हावी भएकोले पार्टी छाडेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया