युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
नुवाकोट । लुम्बिनी विकास बैंक बट्टार शाखाले विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको युनाइटेड आधारभुत विद्यालयलाई डेक्स बेन्च सहयोग गरेको छ ।

बिहिबार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई डेक्स बेन्च सहयोग गरेको बट्टार शाखा प्रमुख अजय आचार्यले जानकारी दिए ।
बैंकका शाखा प्रमुख आचार्यले विद्यालयको डेक्स र बेन्च विदुर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनाराण चित्रकार, प्रध्यानाअध्यापक रमेशकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । उनले आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई विभिन्न सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे ।

यस्तै वडाध्यक्ष निलमबाबु ढुङ्गेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण चित्रकार र प्रध्यानाअध्यापक रमशेकुमार श्रेष्ठ लगायतले बैंकको यस्तो सहयोगले राहात महसुस भएको बताए । उनीहरुले विद्यालयलाई आवश्यक पर्ने सहयोग सबै सरोकारवालाहरुले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य छविराज ओझा, विद्यालयका शिक्षकहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया