खेतको कुलोमा लडेर नुवाकोटमा एक जनाको मृत्यु
विदुर खबर
२०८२ चैत १६ गते १९:०५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ सत्तरीमा खेतको कुलोमा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सत्तरीका अन्दाजी ६० वर्षिय रामशरण गिरी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमवार दिउँसो साढे एक बजे घटना भएको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले शवको मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरि पोष्ट मार्टमको लागि त्रिशुली अस्पताल नुवाकोट ल्याएको छ ।

घटनाको विषयमा सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने
प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ





प्रतिक्रिया