खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
विदुर खबर
२०८२ चैत ११ गते ६:४३
नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का संयोजक तथा समाजसेवी शुशिल खड्काले दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ बोलुङका स्थानियहरुलाई सामुहिक प्रयोजनको लागि भाडा वितरण गरेका छन् ।

खड्काले मंगलवार बोलुङका स्थानियहरुको माग अनुसार सामुहिक प्रायोजनको लागि खाने भाडाहरुको साथै पकाउने भाडाहरु समेत उपलब्ध गराएका हुन् ।
उपलब्ध गराएको सामाग्रीहरुमा थाल ३ सय थान, कचौरा ३ सय थान, खाना पकाउने डेक्ची दुईओटा रहेको छ भने डाडु–पन्यु ९ थान रहेको छ ।
यस्तै बाटा ६ थान, खाना राख्ने सेट ३ थान, चम्चा ५ सयओटा रहेको खड्काले बताए ।

यसअघि पनि खड्काले नुवाकोटको विभिन्न स्थानमा पुगेर विभिन्न व्यत्ति तथा संस्थाहरुलाई आवश्यकता अनुसार सहयोग गर्दै आएका छन् ।
Advertisement
उनले सबैलाई आफुलाई दुखको समयमा सम्झन समेत अनुरोध गर्दै आइरहेका छन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण
स्वास्थ्य बिमा संकटमा: सेवा कटौती
गगन थापाको राजीनामा अस्वीकृत





प्रतिक्रिया