देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने

विदुर खबर २०८२ फागुन २४ गते ११:०२

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ का नव निर्वाचित सांसद डा. अच्युतम लामिछानेले विदुर ५ मा रहेको देविघाटलाई नेपालको राजघाटको रुपमा विकास गर्ने बताएका छन् ।

Advertisement

आईतवार विहान देवीघाटमा पुगेका उनले पृथ्वीनारायण शाहको समाधिस्थलमा फुलगुच्चा अर्पण गरेका छन् । उनले पृथ्वीनारायण शाहको समाधि स्थल रहेको देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

साथै जालपादेवि मन्दिरको प्रर्वृद्धन गर्न सके धार्मिक पर्यटकहरु वृद्धि गर्न सकिने र त्यसबाट मनग्य आम्दानी हुने बताए ।

Advertisement

शनिवार सम्पन्न भएको नुवाकोट क्षेत्र नमबर २ को मतगणनामा उनी ३२ हजार ५४ मत ल्याएर विजयी भएका थिए ।

प्रतिक्रिया