रास्वपा सभापति लामिछाने नुवाकोट आउँदै
विदुर खबर
२०८२ फागुन १४ गते ७:५८
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज नुवाकोट आउने भएका छन् ।

नुवाकोटको विदुर ४ बट्टार हावाघर र लिखुको छहरेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न उनी नुवाकोट आउन लागेका हुन् । बट्टारमा चुनावी सभा दिउँसो साढे तीन बजे हुने बताइएको छ भने छहरेमा साढे ४ बजे पछि हुने रास्वपा नुवाकोटका सभापति रामेश्व्र गजुरेलले जानकारी दिए ।
लामिछाने नुवाकोट आउने भएपछि रास्वपा नुवाकोटमा रहेका नेता तथा कार्यकर्ताहरुमा उत्साह छाएको छ ।
यसअघि रास्वपाकै वरिष्ट नेता वालेन शाह नुवाकोट आएपनि सम्बोधन भने गरेका थिएनन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित





प्रतिक्रिया