नुवाकोटको थानसिङमा सुमो र्दुघटना, छ जना घाइते
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय अगाडि (थानसिङ फाँटमा) सुमो दुर्घटना भएको छ ।

दुप्चेश्वर गाउँपालिकाको राउतवेसीबाट काठमाडौं जाँदै गरेको ना.१.ज ६६६५ नम्बरको सुमो दुर्घटनामा परेको छ ।
सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २ मिटर तल खसेको थियो ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा सुमो चालक नुवाकोट दुप्चेश्वर गाउँपालिका १ बस्ने प्रितम तामाङ, ललितपुरकाे इमाडोल बस्ने गोरी माया सुनार रहेका छन् । अन्य चार जनाकाे भने पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।
सुमाे चालक तामाङकाे दाँया करङमा चोट लागेकाे छ भने सुनारकाे टाउको र निधारमा चोट लागेकाे छ । उनकाे अबस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परि एक महिला अचेत अवस्थामा भेटिएकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
घटनाकाे विषयामा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन
तारकेश्वर गाउँपालिकाका विद्यालय खुल्यो
संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी





प्रतिक्रिया