निर्वाचन प्रक्रियामा सहभागी नहुने रास्वपा विदुर ४ का सभापतिको भनाई
नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टी विदुर नगरपालिका वडा नम्बर ४ का सभापति सुमनमान डंगोलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रियामा सहभागि नहुने घोषणा गरेका छन् ।

सोमवार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै उनले आसन्न निर्वाचन प्रक्रियामा आफु कुनै पनि रूपमा सहभागी नहुने निर्णय गरेको उल्लेख गरेका छन् ।
उनले वर्तमान राष्ट्रिय राजनीतिक अवस्था मात्र नभई बदलिँदो अन्तर्राष्ट्रिय तथा भूराजनीतिक परिवेशलाई समेत गम्भीर रूपमा मूल्यांकन गर्दा हाम्रो देश संवेदनशील चरणमा भन्दै क्षेत्रीय शक्ति–सन्तुलन, आर्थिक तथा कूटनीतिक दबाब, र रणनीतिक प्रतिस्पर्धाका प्रभावहरूबीच स्पष्ट बहुमतको सम्भावना न्यून देखिनु र त्यसबाट उत्पन्न हुन सक्ने अस्थिर शासन व्यवस्थाले देशलाई थप जटिलतातर्फ लैजान सक्ने जोखिम रहेको उल्लेख गरेका छन् ।
यस्तो परिस्थितिमा हतारमा निर्वाचन प्रक्रियामा प्रवेश गर्नु भन्दा पहिले राष्ट्रिय सहमति निर्माण गर्नु अपरिहार्य रहेकाे उनले बताएका छन्। त्यसैले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सरोकारवालाहरूको सहभागितामा एक सर्वपक्षीय सम्मेलन आयोजना गरी राष्ट्रिय एजेण्डा, न्यूनतम साझा कार्यक्रम, निर्वाचनको वातावरण तथा देशको भूराजनीतिक अवस्थाबारे स्पष्ट साझा धारणा निर्माण गरेपछि मात्र निर्वाचनमा जान उपयुक्त हुने उनले प्रस्ताव राखेकाे छन् ।
उनले समग्र परिप्रेक्ष्यलाई ध्यानमा राख्दै, केवल औपचारिक सहभागिताका लागि निर्वाचन प्रक्रियामा संलग्न हुनु उपयुक्त नठानी यसपटक अलग रहने निर्णय गरेको लेखेका छन् । मेरो यो निर्णय व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वाधीनता, स्थायित्व र दीर्घकालीन हितलाई केन्द्रमा राखेर गरिएको हो, उनले भने ।
यस निर्णयलाई निष्क्रियता होइन, जिम्मेवार र दूरदर्शी कदमका रूपमा ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु। देश र जनताको हितमा मेरो प्रतिबद्धता यथावत रहनेछ, र आवश्यक राष्ट्रिय सहमति निर्माणका प्रयासमा म सक्रिय रूपमा योगदान पुर्याउनेछु।यहाँसम्म साथ, विश्वास र समर्थन प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद, डंगाेलले सामाजिक संजालमा लेखेका छन्र ।
उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेकाे स्टाटस ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन
तारकेश्वर गाउँपालिकाका विद्यालय खुल्यो
संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी





प्रतिक्रिया