प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको उपाधि विदुर ६ ले उचाल्यो
नुवाकोट । प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको उपाधि विदुर नगरपालिका वडा नम्बर ६ ले हात पारेको छ ।

शनिवार सम्पन्न भएको प्रतियोगिताको फाईनलमा विदुर ९ लाई ट्राईब्रेकर मार्फत ५—४ गोल अन्तरले पराजित गर्दै घरेलु टोली विदुर ६ ले उपाधिमाथि कब्जा जमाएको हो ।
निर्धारित समयमा दुबै टोलीले समान एक/एक गोल गरेपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । निर्धारित समयको पहिलो हाफमा विदुर ९ का तेजबहादुर घलेले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेल सकिन केही सकेन्ड मात्र बाँकी रहेको अवस्थामा विदुर ६ का विक्रम लामीछानेले उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।

उनी नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिताको विजेता विदुर ६ ले नगद एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो भने उपविजेता बनेको विदुर ९ ले ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पायो ।

प्रतियोगितामा विदुर ९ का तेज घले उत्कृष्ट खेलाडी घोषित भए भने विदुर ६ का उमेश कुमाल उदयमान खेलाडी घोषित बने । त्यस्तै उत्कृष्ट गोलरक्षक विदुर ६ का समर श्रेष्ठ बन्दा उत्कृष्ट डिफेन्डर विदुर ६ कै सन्तोष केसी घोषित भए । त्यस्तै प्रतियोगितामा धेरै गोल गरेका विदुर ९ का ईमान तामाङ उच्च गोलकर्ता बने । उनीहरुले समान ५ हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको विजेता र उवविजेतालाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनीहरुले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको र दुस परेको समयमा स्थानिय सरकारलाई सम्झन आग्रह गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङ, अखिल नेपाल फुटवल संघ बाग्मति प्रदेशका सहमहासचिव सुरज श्रेष्ठ, सदस्य रामकुमार कोइराला, विदुर नगर खेलकुद समितका अध्यक्ष अच्युत महन्त राज गिरी लगायतको उपस्थिति रहेको थियो ।

न्यु ईनारपाटी युवा क्लबको आयोजना तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा नगरपालिकाका विभिन्न ११ टोली सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन कार्यक्रममा बोलदै न्यु ईनारपाटी युवा क्लबको अध्यक्ष धिरज सापकोटाले सबैसँगको सहकार्य आगामी दिनमा पनि क्लबले विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्ने बताए ।
प्रतियोगिताका खेलहरु विदुर ६ महारानीडिहीमा रहेको वडा कार्यालय पछाडी रहेको खेल मैदानमा भएको थियो ।
प्रतियोगितामा जिल्ला फुटवल संघ नुवाकोट, चालिसे सप्लायर्स, अन्नपुर्ण निर्माण सेवा, नुवाकोट मिट मार्ट, चण्डीपोखरी च्याउ फर्म, अर्याल पोल्ट्री सप्लायर्स र ईनारपाटी क्याटरिङ सर्भिस सहयोगी संस्थाको रुपमा रहेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा कुष्ठराेगका एक बिरामी थपिए
नुवाकाेट देशभरमै दाेस्राे बन्याे
पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा 





प्रतिक्रिया