मेयर कपको उपाधिको लागि विदुर ६ र ९ भिड्दै
नुवाकोट । विदुर ६ महारानीडिहीमा भइरहेको प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको उपाधिको लागि वडा नम्बर ६ र वडा नम्बर ९ भिड्ने भएका छन् ।

शुक्रवार भएको सेमिफाईनलमा दुबै टोली आफ्ना प्रतिष्पर्धीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । विदुर ६ ले वडा नम्बर १२ लाई पराजित गर्दै उपाधि नजिक पुगेको हो भने वडा नम्बर ९ ले वडा नम्बर ५ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
न्यु ईनारपाटी युवा क्लबको आयोजना तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक जीवन कुमालले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्स र राइजिङ प्लयर्सलाई नगद पुरस्कार,ट्रफी र प्रमाणपत्र पाउने न्यु ईनारपार्टी युवा क्लबका अध्यक्ष धिरज सापकोटाले बताए ।
प्रतियोगितामा विदुर नगरपालिकाभित्र रहेका ११ वडाको सहभागिता रहेको छ ।
प्रतियोगितामा जिल्ला फुटवल संघ नुवाकोट, चालिसे सप्लायर्स, अन्नपुर्ण निर्माण सेवा, नुवाकोट मिट मार्ट, चण्डीपोखरी च्याउ फर्म, अर्याल पोल्ट्री सप्लायर्स र ईनारपाटी क्याटरिङ सर्भिस सहयोगी संस्थाको रुपमा रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मेयर कपको उपाधिको लागि विदुर ६ र ९ भिड्दै
एमालेको झण्डा जलाउने रास्वपाका दुई कार्यकर्ता पक्राउ
नुवाकोटमा रास्वपालाई धक्का, नेताहरु पार्टी छाड्दै
जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया