विकासको मुद्दासहित नुवाकोट–१ मा डा. महत चुनावी मैदानमा
नुवाकोट । २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनले देशभर राजनीतिक माहोल तातेको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुक चुनावमय बन्दै गएको छ भने राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घरदैलो अभियानसम्म तीव्र रूपमा सक्रिय भएका छन्।
देशभर गाउँ–शहरका टोलबस्ती, चिया चौतारी, बजार क्षेत्र तथा सार्वजनिक स्थलहरू चुनावी बहसका केन्द्र बनेका छन्। मतदाताहरू निकै चासोका साथ उम्मेदवारको विगत, कार्यक्षमता, प्रतिबद्धता तथा भविष्यका योजनाबारे प्रश्न गरिरहेका छन्।
यसै सन्दर्भमा नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महत चुनावी मैदानमा उत्रिएका छन्। नुवाकोटका जनताले उनलाई विकासप्रेमी, सरल, जनमुखी तथा दूरदर्शी नेताका रूपमा चिन्ने गरेका छन्।

डा. प्रकाशशरण महत नेपाली कांग्रेसका प्रभावशाली तथा युवा पुस्ताका चर्चित नेता हुन्। उनलाई नुवाकोटका जनताले केवल राजनीतिज्ञ मात्र होइन, विकास र समृद्धिको यात्रामा जिल्लालाई अघि बढाउने सक्षम नेतृत्वका रूपमा पनि हेर्ने गरेका छन्।
निर्वाचन नजितीकन पनि सांसद र मन्त्री बन्न सफल भएका भाग्यशाली नेतामध्ये महतलाई पनि गनिन्छ। तर उहाँले पद र जिम्मेवारीलाई अवसरका रूपमा मात्र नभई जिल्लाको विकासका लागि उपयोग गर्नुभएको जनताको बुझाइ छ।
पछिल्लो समय अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका डा. महतले नुवाकोट जिल्लाको विकास र पूर्वाधार विस्तारका लागि महत्वपूर्ण बजेट सुनिश्चित गरेका थिए ।
उनले नुवाकोटलाई सडक सञ्जाल, पूर्वाधार, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा अघि बढाउने उद्देश्यसहित विभिन्न योजनाहरू अघि सारेका थिए ।यसको सबैभन्दा ठोस र ज्वलन्त उदाहरण भनेको तीनपिप्ले–ककनी हुँदै रानीपैवा सम्मको पासाङल्हामार्ग (राजमार्ग) स्तरउन्नतिको पहल हो।
नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत पर्ने उक्त राजमार्ग खण्ड लामो समयदेखि अत्यन्तै दयनीय अवस्थामा थियो। करिब १० वर्षसम्म ठेकेदार कम्पनीको लापरवाही, राजनीतिक पहुँच तथा कमजोरीका कारण सडक विस्तार र स्तरोन्नति कार्य अलपत्र परेको थियो।

सडकको अवस्था बिग्रँदै जाँदा जनताले दैनिक जीवनमै ठूलो सास्ती भोग्नुपर्यो। किसानका उत्पादन बजारसम्म पुर्याउन कठिन भयो । व्यापार–व्यवसाय चौपट भयो। यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्यो। गाउँका बिरामीलाई अस्पताल लैजान समस्या भयो। विद्यार्थीहरूको आवतजावत प्रभावित भयो। यसले गर्दा जनतामा आक्रोश बढ्दै गएको थियो।
यस्तो अवस्थामा डा. प्रकाशशरण महतले अलपत्र ठेक्का तोडेर नयाँ टेन्डर प्रक्रियामार्फत काम अघि बढाउने निर्णायक कदम चाले । उनले पहिलो चरणमा तीनपिप्ले देखि रानीपैवा सम्मको सडक खण्डमा बजेट सुनिश्चित गर्दै ‘फास्ट ट्र्याक’ शैलीमा काम सुरु गराउन सफल भए ।
यो पहल नुवाकोटवासीका लागि राहतको विषय बन्यो। लामो समयदेखि अधुरो सपना बनेको सडक योजना अघि बढ्दा जनताले विकासको अनुभूति गर्न थाले। आज पनि त्यो कदम नुवाकोटवासीको मन–मस्तिष्कमा अमिट छाप बनेर बसेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार, डा. महतले केवल भाषणमा होइन, व्यवहारमा विकास गरेर देखाउनुभएको छ। त्यसैले यसपटकको निर्वाचनमा जनता विकासको मूल्यांकन गर्दै आफ्नो मत सही नेतृत्वलाई दिने मनस्थितिमा पुगेका छन्।
धेरै मतदाताहरू भन्छन्— “अब खोक्रा आश्वासन होइन, काम गर्ने नेता चाहिन्छ।”
यस क्षेत्रबाट विगतमा तत्कालीन माओवादी नेता तथा हाल नेकपा नेता हितबहादुर तामाङ तीन पटकसम्म सांसद बने, पटक पटक मन्त्री पनि बने।

तर स्थानीय जनगुनासो अनुसार, उनको कार्यकालमा उल्लेखनीय र उदाहरणीय विकास कार्य हुन सकेन। यद्यपि उनी पुनः चुनावी मैदानमा उत्रिएर घरदैलो अभियानमा व्यस्त छन्। तर अहिले मतदाता पहिलेभन्दा धेरै सचेत भएका छन्। अब जनता भाषण र नारामा होइन, काम र परिणाममा विश्वास गर्ने अवस्थामा पुगेका छन्।
डा. प्रकाशशरण महतलाई “केही गरौँ” भन्ने हुटहुटी बोकेका, सरल, जनप्रिय र कर्मशील नेताका रूपमा परिचित गरिन्छ। उनी हरेक जनताको घरदैलोमा पुगेर जनताको दुःख–सुख बुझ्ने सारथी नेता पनि हुनुहुन्छ।
यसैले स्थानीय स्तरमा उहाँप्रति व्यापक जनसमर्थन देखिएको छ। अन्य दलका खोक्रा नारा बनाम कांग्रेसको विकास अभियान अन्य दलका केही उम्मेदवारहरू अझै पनि झुठा नारा र खोक्रा आश्वासन बोकेर गाउँ–बस्ती डुलिरहेका छन्। तर नेपाली कांग्रेसका उम्मेदवार डा. महत भने विकास गरेर, काम गरेर, परिणाम देखाएर मत माग्दै जनतासामु पुगेका छन्।
उनले आगामी दिनमा पनि नुवाकोटलाई अझ समृद्ध बनाउने प्रतिबद्धतासहित जनताको समर्थन मागिरहेका छन् । समग्रमा, नुवाकोट क्षेत्र नम्बर १ मा यसपटक विकासको मुद्दा निर्णायक बन्ने देखिएको छ। जनताले अब सही नेतृत्व छान्ने तयारी गरेका छन्।
डा. प्रकाशशरण महतको विकास योगदान, जनतासँगको निकटता, र परिणाममुखी कार्यशैलीका कारण उहाँको जित सुनिश्चितजस्तै देखिएको स्थानीय विश्लेषण छ।
फागुन २१ को निर्वाचन नुवाकोटका लागि विकास र समृद्धिको नयाँ दिशातर्फ जाने अवसर बन्ने अपेक्षा गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












घाँटीमा हड्डी अड्किएर नुवाकोटमा एक जनाको मृत्यु
विकासको मुद्दासहित नुवाकोट–१ मा डा. महत चुनावी मैदानमा
रामेछापमा बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो
कलाकार सुनिल थापाको निधन





प्रतिक्रिया