बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे

विदुर खबर २०८२ माघ १६ गते २२:२२
हराएकाे माेटरसाइकलकाे पुरानाे फाेटाे ।

नुवाकोट । नुवाकोटको विदुर ४ बट्टार हावाघरबाट बिहिबार राती अन्दाजी सवा १० बजे पल्सर मोटरसाईकल चोरी भएको छ ।

Advertisement

बट्टार हावाघरमा रहेको काव्या होटल अगाडी सडकमा रोकिराखेको अवस्थामा मोटरसाईल चोरी भएको हो ।

बाग्मति प्रदेश ०२–०३२ प १४०९ नम्बरको मोटरसाईकल सडकमा राखी होटलभित्र खाजा खाईरहेको अवस्थामा चोरी भएको मोटरसाईकलका धनी तथा चालक तारकेश्वर गाउँपालिका वडा नम्बर ५ दाङपोखरीका रामहरि अर्यालले जानकारी दिए ।

Advertisement

होटलमा रहेको सिसिटिभी तथा हावाघर क्षेत्रमा रहेको सिसिटिभी हेर्दा मोटरसाईकल चोरीमा दुई जना संलग्न रहेको देखिएपनि उनीहरुको पहिचान हुन सकेको छैन ।

होटलमा रहेको सिसिटिभीमा हेर्दा मोटरसाईकल चोरी गर्नेको हुलिया चिन्नसमेत गारो परेको मोटरसाईकलका धनी रामहरि अर्यालले बताए ।

Advertisement

मोटरसाईकल हराएको विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि उजुरी दिइएको छ ।

मोटरसाईकलका धनी अर्यालले मोटरसाईल खोजी सहयोग गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएको बताए ।

यसैबिच पछिल्लो समय नुवाकोटको बजार क्षेत्रमा मोटरसाईकल चोरीको घटनामा बृद्धि भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

बजारको मुख्य क्षेत्रमा नै चोरीको घटनामा वृद्धि भइरहेको भन्दै यसले सुरक्षाको प्रत्याभुति गर्न नसकिने स्थानियहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दिइएको निवेदन ।

प्रतिक्रिया