बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे

नुवाकोट । नुवाकोटको विदुर ४ बट्टार हावाघरबाट बिहिबार राती अन्दाजी सवा १० बजे पल्सर मोटरसाईकल चोरी भएको छ ।

बट्टार हावाघरमा रहेको काव्या होटल अगाडी सडकमा रोकिराखेको अवस्थामा मोटरसाईल चोरी भएको हो ।
बाग्मति प्रदेश ०२–०३२ प १४०९ नम्बरको मोटरसाईकल सडकमा राखी होटलभित्र खाजा खाईरहेको अवस्थामा चोरी भएको मोटरसाईकलका धनी तथा चालक तारकेश्वर गाउँपालिका वडा नम्बर ५ दाङपोखरीका रामहरि अर्यालले जानकारी दिए ।
होटलमा रहेको सिसिटिभी तथा हावाघर क्षेत्रमा रहेको सिसिटिभी हेर्दा मोटरसाईकल चोरीमा दुई जना संलग्न रहेको देखिएपनि उनीहरुको पहिचान हुन सकेको छैन ।
होटलमा रहेको सिसिटिभीमा हेर्दा मोटरसाईकल चोरी गर्नेको हुलिया चिन्नसमेत गारो परेको मोटरसाईकलका धनी रामहरि अर्यालले बताए ।
मोटरसाईकल हराएको विषयमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि उजुरी दिइएको छ ।
मोटरसाईकलका धनी अर्यालले मोटरसाईल खोजी सहयोग गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएको बताए ।
यसैबिच पछिल्लो समय नुवाकोटको बजार क्षेत्रमा मोटरसाईकल चोरीको घटनामा बृद्धि भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
बजारको मुख्य क्षेत्रमा नै चोरीको घटनामा वृद्धि भइरहेको भन्दै यसले सुरक्षाको प्रत्याभुति गर्न नसकिने स्थानियहरु बताउँछन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया