काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका तामाङको मृत्यु 

विदुर खबर २०८२ माघ १६ गते २१:४१

नुवाकोट । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ गोकर्ण जनसाहरा चोकमा मोटरसाईकल दुर्घटना हुँदा नुवाकोटका एक जनाको मृत्यु भएको छ ।

Advertisement

जनसाहरा चोकस्थित सडकमा बा.७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए काठमाडौँको टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय रामबहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।

गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तामाङ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबिच काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको आज मृत्यु भएको छ ।

Advertisement

गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया