नुवाकोटमा पनि हल्का वर्षा

विदुर खबर २०८२ माघ १४ गते १२:२३

नुवाकोट । आज नुवाकोटमा पनि हल्का वर्षा भएको छ ।

Advertisement

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भएको हो । पश्चिम नेपाल हुँदै सरेको वर्षा नुवाकोटसम्म आइपुगेको हो ।
पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा भने मंगलबार रातिदेखि नै हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमशः पूर्वतिर सर्दै कोशी प्रदेशसम्मै पुग्ने छ । तर, जति पूर्व गयो त्यति कम प्रभाव छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ ।

यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ । उनका अनुसार प्राय सबैतिर आज हल्का वर्षा हुने सम्भावना छ ।

Advertisement

प्रतिक्रिया