नुवाकोटका प्रहरी प्रमुख रेग्मीलाई उद्योग वाणिज्य संघको स्वागत

विदुर खबर २०८२ माघ १२ गते १६:५२

नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख विपिन रेग्मीलाई नुवाकोट उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

Advertisement

विदुरमा आयोजित एक कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा नियुत्त भएर आएका नयाँ प्रहरी प्रमुखलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख रेग्मीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफु पुर्ण रुपमा प्रतिवद्ध रहेको बताए । उनले आफु जटिल अवस्थामा नुवाकोटको प्रहरी प्रमुखमा नियुत्त भएको उल्लेख गर्दै सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यत्त गरे ।

Advertisement

उनले जिल्लामा कानुन विपरित भएका कुनैपनि कामलाई प्रश्रय नदिने समेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लाका सुरक्षा निकायसँग आफुहरु सधै सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे । उनले नुवाकोट उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न स्थानमा सिसिटिभी जडान गरेको भन्दै त्यसबाट अपराधका घटनामा कमी आउने विश्वास गरे ।

Advertisement

उनले वाणिज्य संघले महोत्सव मात्र गर्ने गरेको भन्ने आचोलचना भएपनि महोत्सवबाट आएको आम्दानी आफुहरुले सामाजिक कार्यमा खर्च गर्ने बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा, उद्योग वाणिज्य संघ बाग्मति प्रदेशका सदस्य गिता अमात्य र नुवाकोट उदोग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष सन्तोष उप्रेती लगायतले प्रहरी र व्यवसायीहरुबिच समन्वय हुनुपर्ने बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया