नुवाकोटका प्रहरी प्रमुख रेग्मीलाई उद्योग वाणिज्य संघको स्वागत
नुवाकोट । नुवाकोटका प्रहरी प्रमुख विपिन रेग्मीलाई नुवाकोट उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

विदुरमा आयोजित एक कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा नियुत्त भएर आएका नयाँ प्रहरी प्रमुखलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख रेग्मीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफु पुर्ण रुपमा प्रतिवद्ध रहेको बताए । उनले आफु जटिल अवस्थामा नुवाकोटको प्रहरी प्रमुखमा नियुत्त भएको उल्लेख गर्दै सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यत्त गरे ।

उनले जिल्लामा कानुन विपरित भएका कुनैपनि कामलाई प्रश्रय नदिने समेत प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लाका सुरक्षा निकायसँग आफुहरु सधै सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे । उनले नुवाकोट उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न स्थानमा सिसिटिभी जडान गरेको भन्दै त्यसबाट अपराधका घटनामा कमी आउने विश्वास गरे ।
उनले वाणिज्य संघले महोत्सव मात्र गर्ने गरेको भन्ने आचोलचना भएपनि महोत्सवबाट आएको आम्दानी आफुहरुले सामाजिक कार्यमा खर्च गर्ने बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा, उद्योग वाणिज्य संघ बाग्मति प्रदेशका सदस्य गिता अमात्य र नुवाकोट उदोग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष सन्तोष उप्रेती लगायतले प्रहरी र व्यवसायीहरुबिच समन्वय हुनुपर्ने बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया