नुवाकोटमा निर्वाचन आचारसंहिता पालना गर्ने दलहरुको प्रतिवद्धता
नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दल तथा उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।

आईतवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले विदुरमा आयोजित सर्वपक्षीय छलफलमा उनीहरुले आचारसंहिता पालना गरे नगरेको प्रभावकारी अनुगमन गर्न पनि आग्रह गरे ।
छलफलमा उम्मेद्धवार तथा राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलहरु तथा उम्मेद्धवारहरुले आफुहरु निर्वाचन आचारसंहिताको पालना गर्न प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले पछिल्लो समय सामाजिक संजालको प्रयोगले भड्किलो र उतेजनात्मक घटनामा बृद्धि भएकोले त्यसको प्रयोग गर्दा विनम्रता र संयमता अपनाउनुपर्ने बताए । उनले निर्वाचन गतिविधिलाई बाधा पुराउने जो सुकै व्यक्ति र संस्थालाई कानुनी दायरामा ल्याउने बताए ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले चुनावलाई निष्पक्ष र पारदर्शी रुपमा सम्पन्न गर्न सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमालेका सचिव शिव चित्रकार, नेपाली कांग्रेसका प्रवत्ता नारायण प्रसाद अधिकारी, नेकपाका नुवाकोट ईन्चार्ज हिरानाथ खतिवडा, रास्वपा प्रतिनिधि दिलवहादुर शाक्य लगायतले निर्वाचन आचारसंहिताविरुद्धको कुनैपनि गतिविधिमा आफ्नो पार्टी नलाग्ने प्रतिवद्धा व्यक्त गरे ।

उनीहरुले देशको संविधान र लोकतान्त्रिक व्यवस्था रक्षाको लागि सबै दलहरुले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा निर्वाचन कार्यालय नुवाकोटका प्रमुख हुमबहादुर थापामगरले २०८२ सालको निर्वाचन आचारसंहिताको विषयमा जानकारी दिँदे दफा ४, ५, ६ र ७ ले सबैपक्षलाई समेट्ने बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ मा १८ जना र क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरुले अहिले मतदाता भेटघाटलगायतका कार्यक्रम राखे पनि फागुन ४ गतेदेखि मात्रै ठूला आमसभालगायतका तीब्र प्रचारका कार्यक्रम गर्न पाउनेछन् ।
यसैविच नुवाकोटमा निर्वाचन आचारसंहिता विरुद्धका घटना हुन नदिनका लागि जिल्ला आचारसंहिता अनुमगन समिति गठन गरिएको छ । गठन गरिएको समितिमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाई र कोष तथा नियन्त्रकको कार्यालय नुवाकोटका प्रमुख परशुराम नेपाल रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया