सुमन पाण्डे रास्वपामै बस्ने

विदुर खबर २०८२ माघ ६ गते १२:१५

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीमा टिकट नपाएपछि विद्रोह गरि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बन्ने तयारीमा रहेका सुमनविक्रम पाण्डे रास्वपामै फर्किने भएका छन् ।

Advertisement

रास्वपाले शुक्रवार नुवाकोट क्षेत्र नम्बर २ मा डा. अच्युतम लामिछानेलाई उम्मेद्धवार तोकेपछि रुष्ट बनेका पाण्डे त्यसपछि आफ्नो समुह लिएर उज्यालो नेपाल पार्टी प्रवेश गरेर निर्वाचन लड्ने तयारीमा थिए ।

तर उनले उज्यालो नेपाल पार्टीबाट टिकट नलिने निर्णय गरेको बताइएको छ । हिजो साँझ र आज बिहान भएको चरणबद्ध छलफलपछि उनले टिकटका लागि पार्टी फेर्ने भन्दा पनि रास्वपामै रहने र उम्मेदवार नबन्ने निष्कर्षमा पुगेको बताएका छन् ।

Advertisement

उनको पार्टीमै वस्ने निर्णयसँगै रास्वपाभित्रको आन्तरिक राजनीतिक सन्देशलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया