रास्वपाबाट नुवाकोट १ मा तिमिल्सिना उम्मेदवार
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोट क्षेत्र नम्बर १ मा डा. विक्रम तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नुवाकोटको लिखु स्थायी घर भएका तिमिल्सिनाले राजनीति, भूराजनीति तथा परराष्ट्र मामलामा कलम चलाउँदै आइरहेका छन् । उनले नेपालकाे शान्ति प्रक्रियामा शक्तिराष्ट्रको भूमिका बिषयमा अष्ट्रेलियाको ग्रिफिथबाट विद्यावारिधि गरेका थिए । तिमिल्सिनाले झण्डै १५ वर्ष विभिन्न शैक्षिक संस्थामा अध्यापन तथा अनुसन्धानको अनुभव पनि हासिल गरेका छन्।
डा.तिमिल्सिनाले विभिन्न रेडियो, टेलिभिजन तथा अन्य सञ्चारमाध्यममार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका विषयमा कयौं अन्तर्वार्तामार्फत् बहस गर्दै आएका छन्।
तिमिल्सिना पत्रकारिताबाटै राजनीतिमा आएका हुन् ।
यसअघि २०७९ को निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ मा डा. प्रधुम्न महतले रास्वपाबाट उम्मेदवारी दिएका थिए । उनले यसपटक चुनाव लड्ने भनेर सम्पर्क कार्यालय खोलेर गाउँबस्ती डुल्दै आएका थिए
तर रास्वपाले टिकट भने दिएन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया