नुवाकोटमा कांग्रेसबाट महत र केसीले चुनाव लड्ने
नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटमा कांग्रेसबाट डा. प्रकाशशरण महत र जगदीश्वरनरसिंह केसीले टिकट पाएका छन् ।

कांग्रेस संसदीय दलको बोर्डले क्षेत्र नं १ मा पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महत र क्षेत्र नं २ मा संविधानसभा सदस्य तथा पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले टिकट पाएका हुन् ।
केसी र महत दुवै संसदीय निर्वाचनमा पहिलो पटक निर्वाचन लड्न लागेका हुन् । महतले प्रत्यक्ष निर्वाचन लडेका छैनन् भने केसीले गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचन लडेका थिए । तर उनी पराजित भएका थिए ।
कांग्रेसभित्रको आन्तरिक विवाद तत्कालका लागि स्थगित गरेर सिंगो पार्टी एकतावद्ध रुपमा अघि बढ्ने त्रिपक्षीय सहमतिसँगै कांग्रेसले टिकट वितरण पनि आपसी सहमतिमा नै गरेको छ ।
निर्वाचनका लागि टिकट पाएसँगै दुवै पक्षले भोलिको मनोनयनका लागि आफ्ना समर्थकहरुलाई आआफ्नो निर्वाचन क्षेत्रमा बोलाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया