नुवाकोटमा कांग्रेसबाट महत र केसीले चुनाव लड्ने

विदुर खबर २०८२ माघ ५ गते १४:५४

नुवाकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटमा कांग्रेसबाट डा. प्रकाशशरण महत र जगदीश्वरनरसिंह केसीले टिकट पाएका छन् ।

Advertisement

कांग्रेस संसदीय दलको बोर्डले क्षेत्र नं १ मा पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महत र क्षेत्र नं २ मा संविधानसभा सदस्य तथा पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले टिकट पाएका हुन् ।

केसी र महत दुवै संसदीय निर्वाचनमा पहिलो पटक निर्वाचन लड्न लागेका हुन् । महतले प्रत्यक्ष निर्वाचन लडेका छैनन् भने केसीले गत निर्वाचनमा बागमती प्रदेशसभाका लागि निर्वाचन लडेका थिए । तर उनी पराजित भएका थिए ।

Advertisement

कांग्रेसभित्रको आन्तरिक विवाद तत्कालका लागि स्थगित गरेर सिंगो पार्टी एकतावद्ध रुपमा अघि बढ्ने त्रिपक्षीय सहमतिसँगै कांग्रेसले टिकट वितरण पनि आपसी सहमतिमा नै गरेको छ ।

निर्वाचनका लागि टिकट पाएसँगै दुवै पक्षले भोलिको मनोनयनका लागि आफ्ना समर्थकहरुलाई आआफ्नो निर्वाचन क्षेत्रमा बोलाएका छन् ।

Advertisement

प्रतिक्रिया