एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का अध्यक्ष तथा समाजसेवी शुशिल खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ३ काउलेमा रहेको महेन्द्र माध्यामिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई झोला वितरण गरेका छन् ।

शुक्रवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि खड्काले बिद्यार्थीलाई आफ्नै ब्यक्तिगत खर्चमा झण्डै १६० जना विद्यार्थी र शिक्षकहरुलाई झोला वितरण गरेका हुन् । खड्काले स्कुल ब्यागको अभावमा कापी किताब बोक्न समस्या भएकाले झोला वितरण गरिएको बताए ।

उनले आगामी दिनमा अन्य विद्यालयहरुमा पनि झोला,स्टेशनरी लगायतका सामग्री वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालयमा झोला वितरण कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नाती तामाङ, नेकपा एमाले शिवपुरी गाउँपालिकाका अध्यक्ष कमल तामाङ, उपसचिव लक्ष्मण तामाङ, नेकपा एमाले शिवपुरी ३ का वडा कमिटी अध्यक्ष रामहरी थापा लगायतको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया