साथी उपभोक्ता सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावाघरमा रहेको साथी उपभोक्ता सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

संस्थाको निर्वतमान अध्यक्ष राजनमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखा परिक्षण प्रतिवेदन पारित गर्नुका साथै २०८२/८३ को अनुमानित बजेट पारित गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेका सहकारीका निर्वतमान अध्यक्ष राजनमान श्रेष्ठले सहकारीले विगतमा प्रवाह गरेको ऋण असुलीमा समस्या देखिएको बताए । उनले सहकारीलाई जीवन्त बनाउन ऋण असुलीलाई सहकारीले प्रभावकारी ढङ्गले अगाडी बढाउनुपर्ने बताए ।

श्रेष्ठले पछिल्लो समय देशमा आर्थिक मन्दी बढी रहेकोले ऋण प्रवाह गर्दा सहकारीले ध्यान दिनुपर्ने बताए । उनले सहकारी विश्वासले चल्ने भन्दै लिएको कर्जाको सावाँ र ब्याज समयमै तिर्नुपर्ने बताए ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शैलेन्द्र बज्राचार्यले सहकारीले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै बट्टार टोल सुधार संस्थालाई दुई हजार रुपैयाँ , पन्चकन्या मन्दिर निर्माणको लागि ५ हजार ५ सय ५५ रुपैयाँ र अनाथ आश्रमलाई सहयोग गर्दे आएको बताए ।

उनले सहकारीले आउँदो दिनमा उपभोक्तामुखीकरण कार्य गर्नको लागि सहि वस्तुको चयन गरि वितरण गर्ने लक्ष्य लिएको बताए ।
साधारणसभामा कोषाध्यक्ष रेशमराज अमात्यले आर्थिक वर्ष २०८१/८२ को लेखा परिक्षण प्रतिवेदन पेश गर्दै सहकारीले ४ लाख ६२ हजार ५ सय ५२ रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।

सहकारीले आर्थिक वर्ष २०८१/८२ मा ६ करोड ८३ लाख ४० हजार ५ सय ५७ रुयैयाँ निक्षेप संकलन गरि ५ करोड १४ लाख २ हजार ९ सय ३२ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले आगामी दिनमा चुक्ता पुँजी बृद्धि गर्दे एक करोड एक लाख रुपैयाँ पुराउने लक्ष्य लिएको छ ।
साधारणसभामा शेयरधनीहरुले प्रवाह भएको ऋण उठाउन विशेष अभियान थालनी गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले प्रवाह भएको ऋण उठाउन नसके संस्थामा समस्या देखिन सक्ने भन्दै ऋणीहरुलाई समयकै कर्जा तिर्न आह्वान गर्ने निर्णय समेत साधारणसभाले गरेको छ ।
साधारणसभा गत वर्षको एसईई परिक्षमा उत्कृष्ट नतिजा हासिल गर्ने सेयरधनीका छोराछोरीहरु अर्नप राजभण्डारी, संयम बज्राचार्य र अमृता श्रेष्ठलाई सम्मान गरिएको छ ।

त्यस्तै सहकारीले उत्कृष्ट कारोवार गरेको भन्दै राजकुमार थापामगर र उत्कृष्ट ऋणीको रुपमा अनिता तामाङलाई सम्मान गरेको छ ।

वि.स. २०६४ सालमा स्थापना भएको साथी उपभोक्ता सहकारी संस्था लिमिटेडमा आर्थिक वर्ष २०८१/८२ सम्ममा ५ सय ८६ जना पुरुष र ३ सय ७६ गरि सदस्य संख्या ९ सय ६२ जना पुगेको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













साथी उपभोक्ता सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
विशेष महाधिवेशन अराजनीतिक छ : विमलेन्द्र निधि
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै
आज पृथ्वी जयन्ती, नुवाकोटमा विविध कार्यक्रम गरि मनाइँदै
विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत





प्रतिक्रिया