उज्यालो नेपालको अध्यक्ष कुलमान बने
विदुर खबर
२०८२ पुष २६ गते १६:१८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ ।

निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो ।
रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा थिए घिसिङ । तर रास्वपासँग सहमति भाँडिएपछि उनलाई उनेपाले अध्यक्ष बनाएको हो ।
घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपाको भनाइ छ ।
ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो ।
Advertisement
उनेपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । साँझ ६ बजे केन्द्रीय कार्यालयमा हुने प्रेसमिटमा घिसिङले अध्यक्षका हैसियतमा आफ्ना कुरा राख्ने उनेपा केन्द्रीय सदस्य किरण विकले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत
उज्यालो नेपालको अध्यक्ष कुलमान बने
रास्वपा र उज्यालो नेपालको एकता भंग
नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस





प्रतिक्रिया