तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना
नुवाकोट । नुवाकाेटकाे तारकेश्वर गाउँपालिकाले गत कार्तिक महिनामा भएको भारी वर्षाका कारण धानबालीमा क्षति पुगेका कृषकहरूको राहत तथा परिपरणका लागि र ५० लाख रूपैयाँको धानबाली क्षतिपूर्ति कोष स्थापना गरेको छ ।

आज बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष शिव अधिकारीको प्रस्तावमा क्षतिपूर्ति कोष खडा गर्ने निर्णय गरेको हो। निर्णय लगत्तै कोष स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष अधिकारीले कोषमा तत्काल १० लाख रूपैयाँ दाखिला गर्ने र अन्य शीर्षकबाट जोहो गरी ४० लाख थप गरेर ५० लाख पुर्याउने बताए ।
कार्तिक महिनामा लगातार चार पाँच दिनसम्म परेको अविरल वर्षाका कारण खेतमा धान काटेका किसानहरूको धानबालीमा क्षति पुगेको थियो ।
वर्षा रोकिएको २४ घण्टाभित्रै अध्यक्ष अधिकारीको निर्देशनमा गाउँपालिकाका प्राविधिकहरूको टोलीले प्रत्येक वडाका धान खेती हुने सबै फाँटहरुमा प्रत्यक्ष रुपमा अवलोकन गरी क्षतिको यथार्थ विवरण संकलन गरेको थियो ।
सोही विवरणका आधारमा कृषकहरुलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराइने अध्यक्ष अधिकारीले विदुर खवरलाइ जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना
बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन





प्रतिक्रिया