पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
नुवाकोट । कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व परिवर्तन र युवालाई अवसर दिनुपर्ने मुद्दा उठाउँदै पार्टी सभापति शेरबहादुर देउवामाथि सधैं आलोचना गर्दै आएका नेता हुन्– अर्जुननरसिंह केसी ।

पंचायतकालदेखि निर्वाचन लड्दै मन्त्री बन्दै आएका केसी ७८ वर्षको उमेरमा पनि आफैं समानुपातिक सूचीमा बसेका छन् ।
राजनीतिक अवसर नपाएर किनारमा परेकालाई माथि ल्याउने सैद्धान्तिक मान्यता राखेर व्यवस्था गरिएको समानुपातिक सूचीमा पाँच पटक मन्त्री भइसकेका र सबैभन्दा बढी चुनाव लडेका केसीको नाम परेकामा कांग्रेसमा चर्को आलोचना भएको छ । पुस्तान्तरणको कुरा गर्ने तर आफैं पालो नछाड्ने भन्दै उनको बोली र व्यवहारलाई लिएर आलोचना बढेको हो ।
विद्यार्थी राजनीतिमा केसी कांग्रेसमा थिए । पछि उनी पंचायत पसे । त्यसपछि २०३८ सालमा राष्ट्रिय पंचायतमा पहिलो चुनाव लडेका थिए । चुनाव जितेपछि उनी राज्यमन्त्री समेत भए । त्यसपछि पंचायतकै बेला २०४३ सालमा दोस्रोपटक चुनाव लडे तर हारे । त्यसपछि ०४५ सालमा जिल्ला पंचायतको सभापति भए । पंचायतकाकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नजिक भएर उनले काम गरेका थिए । ०४६ सालपछि उनी कांग्रेस फर्किएका हुन् ।
२०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी नुवाकोटबाट निर्वाचित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्ष चुनाव जितेर फेरि संसद् पुगे । २०७९ सालको निर्वाचनमा पनि उनी प्रतिनिधिसभा सदस्य भए । सार्वजनिक मञ्च र पार्टी बैठकहरूमा पटक–पटक देउवालाई लक्षित गर्दै नेतृत्व पुस्तान्तरणको मुद्दा उठाइरहेन केसी निर्वाचनका बेलामा भने कुनै न कुनै बाटोबाट हरेक पटक संसद्मा पुग्ने बाटो खोजिरहन्छन् ।
०६४ को संसद्देखि नै समानुपातिक सूचीमा रहेकालाई यसपटक अवसर नदिने नीति बनाएर सकारात्मक सन्देश दिन खोजेको कांग्रेसले पटक–पटक मन्त्री भएका र राजनीतिको केन्द्रीय तहमा रहेकालाई भने रोक्न सकेन ।
नुवाकोटबाट–२ बाट भाइ जगदीश्वर केसीलाई प्रत्यक्षबाट सिफारिस गरेर केसीले आफ्नो नाम समानुपातिक सूचीमा राख्न लगाएका थिए । समानुपातिक सूचीतर्फ खस आर्य ‘क्लष्टर’मा उनको नाम पहिलो नम्बरमा समावेश छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट १ मा कांग्रेसका महतले अग्रता बनाए
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित





प्रतिक्रिया