बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन

विदुर खबर २०८२ पुष १५ गते २३:०८

नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारका समाजसेवी बाबुराम शर्मा अधिकारीको आत्मा संस्मरात्मक कृति जीवनको पाठशाला मंगलवार विमोचन गरिएको छ ।

Advertisement

जीवनको पाठशालाको प्रसिद्ध कवि, गीतकार तथा समीक्षक डा. नबराज लम्सालले विमोचन गरेका हुन् । जीवनको पाठशालाबारे समिक्षा गर्दै डा. लम्सालले स्वेदशमा वस्ने मात्रै देशभक्त नहुने भन्ने पुस्तक पढेर थाहा पाउने बताए । डा. लम्सालले प्रत्येक घरका बाआमाको कुरा छोराछोरीले बुझ्न सके सम्मुनत समाज निर्माण गर्न सकिने बताए ।

त्यस्तै समालोचक महेश पौडेल तथा साहित्यका समीक्षक बिष्णुप्रसाद आचार्य लगायतका व्यक्तिहरुले कृतिको समीक्षा गर्दै नयाँ पुस्ताले पुस्तकबाट जीवन र दर्शनको वारेमा ज्ञान हासिल गर्न पाउने बताए । उनीहरुले किताब पढेर देश र आमालाई माया गर्ने अधिकारी भएको बताए ।

Advertisement

कार्यक्रममा कृतिका लेखक अधिकारीले आफ्नो जीवनको सबै भोगाई पुस्तकमार्फत प्रस्तुत गरिएकोले जीवनको पाठशाला साच्चिकै पाठशाला बन्ने विश्वास गरे । उनले जीन्दगी समेत एउटा पाठशाला रहेको भन्दै यो कहिल्यै नसकिने बताए ।

कार्यक्रममा पुस्तकका लेखक अधिकारीका पुत्र रेशमराज अधिकारीले आफ्नो जीवनको सबै पाठशाला बाबु नै रहेकोले उनको कृतिबाट धेरैकुरा सिक्न सकिने बताए ।

Advertisement

प्रतिक्रिया