रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भएको एकताप्रति टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतले रवि र बालेन दुवै दागरहित नेता नभएको भन्दै उनीहरू मिल्दैमा कांग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताएका हुन् ।
‘यसबाट खासै प्रभाव पर्ने मैले देखेको छैन । उहाँहरू कुनै दागरहित र प्रश्न नभएका व्यक्तित्व त होइन । न रास्वपाका नेता न बालेनजी । धेरै ठूलो प्रश्न उठेको छ, जनताले मूल्याङ्कन गरिरहेका छन्,’ उनले भने, ‘शासन चलाउने भनेको सुस्पष्ट नीति दिशा हुनुपर्छ । अनुभव पनि हुनुपर्छ । देशव्यापी संगठन पनि हुन्छ । यो भयो भने मात्र जनताको विश्वास लिन सकिन्छ । यसका लागि कांग्रेस नै मुख्य दल हो ।
नेपाली कांग्रेसले उहाँहरू मिल्नुभयो भनेर आत्तिनुपर्ने अवस्था छैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया