संस्कृत माविमा सुबिसुको निशुल्क इन्टरनेट
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको शहिद जगत प्रकाशजंश शाह संस्कृत माध्यामिक विद्यालयमा सुविसु लिमिटेडले निशुल्क ईन्टरनेट जडान गरिदिएको छ ।

सुविसु लिमिटेडको २५ औ वार्षिक उत्सवको अवसर पारेर संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा निशुल्क इन्टरनेट जडान गरिएको हो । आईतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सुविसु लिमिटेडका टेक्निकल ईन्चार्ज महेश रिजालले विद्यालयका प्रध्यानाअध्यापक मञ्जु चित्रकारलाई वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेको उपस्थितिमा ईन्टरनेटका सामाग्रीहरु वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले सुविसुले जिल्लाभरको विद्यालयमध्ये संस्कृत मावि छनौट गरेर निशुल्क सेवा दिन लागेको भन्दै खुशी व्यत्त गरे । उनले यस्ता प्रकारको सहयोग वडाको अन्य विद्यालयमा पनि आवश्यकता र पहिचानको आधारमा भए अझ प्रभावकारी हुने बताए । वडाध्यक्ष न्यौपानेले विद्यार्थीहरुले इन्टरनेटको सही ढंगले प्रयोग गर्ने समेत विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा सुविसु लिमिटेडका टेक्निकल ईन्चार्ज महेश रिजालले विद्यालयमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एकसय एमबिपिएस गतिको इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको बताए ।

उनले विद्यालयको आवश्यकताको पहिचान गरेर डिजिटललाईजेसन गर्न सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
उनले कम्पनीले विगतका आर्थिक वर्षहरु देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रमहरु गरिरहेकोले यस्ता कार्यक्रमहरुलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने बताए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक मन्जु चित्रकारले विद्यालयमा पर्याप्त मात्रामा इन्टरनेट नहुँदा अध्ययन अध्यापनमा समस्या भइरहेकोले यसले सहज हुने विश्वास व्यक्त गरिन् । प्रध्यानाअध्यापक चित्रकारले इन्टरनेटको समस्याले गुरुकुलमा भएको विभिन्न गतिविधिहरु अनलाईन गर्न असहज भइरहेकोले यसले राहात महसुस गरेको बताइन् ।

कार्यक्रममा सुविसु नुवाकोटका शाखा प्रमुख नारायण रिमाल लगायतको उपस्थिति रहेको थियो । नुवाकोटमा पहिलो इन्टरनेट सेवा दिएको सुविसुको झण्डै २ हजारभन्दा बढी ग्राहक छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया