नुवाकोट-१ मा हितबहादुर तामाङ एकल उम्मेदवार सिफारिस
विदुर खबर
२०८२ पुष ९ गते ३:०८
नुवाकोट । नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट हितबहादुर तामाङ एकल उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को उम्मेदवार छनोट सिफारिस बैठकले बुधबार पूर्वमन्त्री तामाङलाई फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
तामाङ नुवाकोट १ बाट लगातार दुई पटक निर्वाचित नेता हुन् । उनले २०७९ को निर्वाचतमा एमालेका उम्मेदवार बद्री मैनालीलाई र २०७४ सालमा कांग्रेस उम्मेदवार रामशरण महतलाई पराजित गरेर विजयी बनेका थिए ।
नुवाकोट पञ्चकन्या ३ घलेभन्ज्याङमा जन्मिएका तामाङ लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय छन् । उनी दुई पटक मन्त्री बनिसकेका छन् । तामाङले युवा तथा खेलकुद र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छोटो अवधि जिम्मेवारी सम्हालिसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया