निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट । नुवाकोटको बेलकोटगढीमा अवस्थित प्रसिद्घ निरन्जना भगवती मन्दिर पछिल्ला वर्षहरूमा धार्मिक आस्थासँगै पर्यटन विकासको केन्द्र बन्दै गएको छ ।

नियमित पूजाआजाका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै जाँदा मन्दिर क्षेत्रले धार्मिक–पर्यटकीय पहिचानसमेत स्थापित हुँदै गएको छ । विशेषगरी प्रत्येक शनिवार र मंगलवार भक्तजनहरूको सहभागिता हुने मन्दिरमा दैनिक १० देखि ५० जनासम्म आन्तरिक पर्यटकहरु दर्शन र अवलोकनका लागि पुग्ने गरेका छन् ।
मन्दिर संरक्षण समितिका अनुसार पछिल्लो समय बेलकोटगढी क्षेत्र नुवाकोट भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने एउटा गन्तव्यको रुपमा हेरिन थालेको छ । पछिल्ला तीन वर्षयता मन्दिर परिसर तथा ऐतिहासिक गढीको पुनर्निर्माण, सजावट र संरचनात्मक सुधार र निर्माणमा दुई करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
गढीबाट नुवाकोट जिल्लाको करिब ६० प्रतिशत भू–भाग अवलोकन गर्न सकिने भएकाले पनि आकर्षणको केन्द्र बन्दै गएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको यस स्थानबाट नुवाकोटका अधिकांश भू– भागसँगै रसुवा र धादिङका केही भूभाग देख्न सकिन्छ । स्थानीय युवा किशोर ओलीका अनुसार प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्व र धार्मिक आस्थाका कारण यो क्षेत्र पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ ।
यसैबीच, सम्पदा संरक्षण अभियानअन्तर्गत निरन्जना भगवती मन्दिरको प्रवेशद्वारमा देवीको वाहनका रूपमा चिनिने बाघको मूर्ति विधिवत् रूपमा स्थापना गरिएको छ । द्वाररक्षक देवीको वाहनस्वरूप बाघको स्थापना धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिन्छ । मन्दिर प्रवेशद्वारमा देवी वाहनको स्थापना हुनु सुरक्षा, शक्ति र आध्यात्मिक चेतनाको प्रतीकात्मक अभिव्यक्ति भएको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले बताए । चालु आर्थिक वर्षमा बेलकोटगढी नगर पालिकाले सीमित बजेट विनियोजन गरी मन्दिर र बेलकोटगढीमा सजावटको काम भइरहेको छ । यसका साथै पुरातत्व विभागले पनि बेलकोटगढी संर क्षण अभियानलाई जारी राखेको छ ।
धार्मिक आस्था, ऐतिहासिक सम्पदा र प्राकृतिक दृश्यको त्रिवेणीका रूपमा निर न्जना भगवती मन्दिर क्षेत्रलाई दीर्घकालीन पर्यटन विकाससँग जोड्न सकिने सम्भावना बलियो बन्दै गएको वडाध्यक्ष प्रलादप्रसाद थपलियाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया