शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन

विदुर खबर २०८२ मंसिर २८ गते १२:०१

नुवाकोट । राजा र राजसंस्थाको पुनस्थापनाको माग गर्दै आएको शाही युवा शक्ति नेपालको नुवाकोट जिल्ला कार्य समिति गठन गरिएको छ ।

Advertisement

शनिवार नुवाकोटको विदुरमा एक कार्यक्रमको आयोजना गरि च्याङ्ग दोङ्ग लामाको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ । तदर्थ समितिलाई क्षेत्र, पालिका र वडामा प्रतिनिधि चयन गर्ने जिम्मा दिइएको छ ।

कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले नुवाकोटका जनताहरु राजस्ांस्थाको स्थापनाको लागि जिल्ला क्षेत्र नगर वडा र घरघरबाट जाग्नुपर्ने बताए । उनले नुवाकोटवासीहरु गणतन्त्रवादी हुन नसक्ने भन्दै पृथ्वी नारायण शाहको लिगेसी बोकेर गोलबद्ध हुनुपर्ने बताए ।

Advertisement

शाही युवा शक्ति नेपालले आगामी पौष २७ गते पृथ्वी नारायण शाहाको समाधीस्थलमा विशेष कार्यक्रम गर्ने बताएको छ ।
बट्टारबाट शुरु हुने ¥याली गंगटे, पिपलटार देविघाटमा पुग्ने बताइएको छ ।

शाही युवा शक्ति नेपालले गणतान्त्रिक व्यवस्था खारेज, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ। लगायतको नारासहित बट्टारबाट ¥याली समेत निकालेको थियो ।

Advertisement

प्रतिक्रिया