सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
नुवाकोट । सहकारी चोरीमा संलग्न रहेको आरोप लागेका एक व्यक्ति नगदसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोट नगरपालिका–९ घर भएका २८ वर्षीय दीपक गजुरेल छन् । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
बिहीबार मध्यराति साढे १२ बजेतिर उनले सोह्रखुट्टेमा रहेको होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्राभल्सबाट चोरी गरेको पाइएको छ । त्यसैगरी २४ मंसिरमा सिनामंगलमा रहेको राज श्री फाइनान्सबाट पनि रकम चोरी गरेको आरोप छ ।
उनीबाट प्रहरीले १० लाख २३ हजार ५ सय नगद बरामद गरेको छ ।
पक्राउ परेका गजुरेल यसअघि २२ पटकसम्म मुद्दा चलेका व्यक्ति रहेको भेटिएको छ। चोरी, सहकारी चोरी, लागु औषधदेखि अभद्र मुद्दाका २२ पटकसम्मका अभियुक्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेको पनि खुलेको छ ।
चोरी गर्दा लगाएको हुडी, स्पोर्ट जुत्ता, चाँदीको धातु, क्यानन क्यामेरालगायत उनीबाट बरामद भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया