संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई

विदुर खबर २०८२ मंसिर २६ गते १९:४९

नुवाकोट । नुवाकोट जिल्लास्तरीय संगम एकल नृत्य प्रतियोगिता २०८२ को उपाधि त्रिशुली सामुदायिक बोर्डिङ स्कुलकी कशिस मलेकु श्रेष्ठले हात पारेकी छिन् ।

Advertisement

संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औ वार्षिक साधारणसभाको अवसर पारेर आयोजित नृत्य प्रतियोगितामा मलेकुले उपाधि जित्न सफल भएकी हुन् ।

यस्तै प्रतियोगितामा अर्किड एकेडेमीकी आयुषी श्रेष्ठ दोस्रो भइन् भने सुभेनियर बोर्डिङ स्कुलकी आस्मा तामाङ तेस्रो भइन् । प्रतियोगितामा चन्द्रज्योती माविकी सिम्रना कुमालले सान्त्वना स्थान हात पारेको संगम बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

Advertisement

प्रतियोगिताको विजेताहरुलाई संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी पौष १५ गते हुने साधारणसभामा नगदसहित सम्मान गरिने नृत्य प्रतियोगिताका संयोजक सुजित श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नुवाकोटका जिल्लाका विभिन्न विद्यालयका १५ जना छात्राहरुको सहभागिता रहेको थियो ।

Advertisement

नुवाकोटको विदुर ४ बट्टार बसपार्कमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले विगत लामो समयदेखि विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया