मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी

विदुर खबर २०८२ मंसिर २५ गते २१:४२

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका क्षेत्रीय समितिहरुले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा गरेको उम्मेदवार सिफारिसमा नपरेपछि डा. केदारनरसिंह केसीले असन्तुष्टी ब्यक्त गरेका छन् ।

Advertisement

डा. केसीले नुवाकोटको दुवै क्षेत्रहरुले टिकट सिफारिसमा आफ्नो नाम समावेश नगरेको भन्दै असन्तुष्टी ब्यक्त गरेका हुन् ।

उनले पार्टीमा गरेको त्याग, समर्पण र इमान्दारिताप्रति क्षेत्रीय समितिले अबमुल्यन गरेको उल्लेख गर्दै आफूलाई आगामी निर्वाचन लड्न कसैले रोक्न नसक्ने चेतावनी दिए ।

Advertisement

केसीले नुवाकोटका जनताप्रति दिनरात देखाएको त्याग र समर्पणप्रति क्षेत्रले गरेको अबमुल्यनलाई जनताले चिर्ने र जनताको साथ र समर्थनबाट आफु निर्वाचन लड्ने मनस्थितिमा नै रहेको बताए ।

उनले अहिलेको अवस्थामा नयाँ र जनताको भावना बुझ्न सक्ने नेतृत्वबाट मात्रै आशा गर्न सकिने भन्दै क्षेत्रको सिफारिसप्रति आफ्नो पूर्ण असहमति रहेको उल्लेख गरे ।

Advertisement

केसीले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन लड्ने आकाँक्षा राख्दै आएका छन् । तर नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ ले डा.प्रकाशशरण महतलाई एकल रुपमा प्रतिनिधिसभाको लागि उम्मेद्धवारको रुपमा सिफारिस गरेपछि केसी असुन्तष्ट भएका हुन् ।

प्रतिक्रिया