नुवाकोट क्षेत्र नं २ मा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ४ जना सिफारिस
नुवाकोट । फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस नुवाकोटले क्षेत्र नं २ को लागि ७ जनाको नाम सिफारिस गरेको छ ।

बिहिबार बसेको नेपाली कांग्रेसको क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ जना, समानुपातिकतर्फ ४ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति जगतबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बाग्मति प्रदेशका निर्वतमान मुख्यमन्त्रि बहादुरसिंह लामा, संविधानसभा सदस्य जगदिश्वरनरसिंह केशी, धुव्र अधिकारी, चोकराज शाक्य, श्री सापकोटा, नमराज पाण्डे र बिन्दा अर्यालको नाम सिफारिस गरिएको छ ।

त्यस्तै समानुपातिकतर्फ अर्जुन नर्सिङ केसी, जगत बहादुर तामाङ, गिता आमात्य र रुकमिणि सेढाईलाई सिफारिस गरिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि श्रीराम श्रेष्ठ, राजु थापा र राज्य लक्ष्मी पाण्डेको नाम सिफारिस गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी
नुवाकोट १ डा. महतको नाम सर्वसम्मत सिफारिस
रवि –छविको सहकारी ठगी मुद्दा फेरि स्थगित
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले सेयर निष्कासन गर्दै 





प्रतिक्रिया