नुवाकोट १ डा. महतको नाम सर्वसम्मत सिफारिस

विदुर खबर २०८२ मंसिर २५ गते १८:०७

नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले डा. प्रकाशशरण महतलाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको छ ।

Advertisement

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को बिहिबार बसेको बैठकले पार्टीका प्रबत्ता समेत रहेका नेता प्रकाशशरण महतको नाम सर्वसहमत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

पार्टी भित्रका अन्य नामभन्दा महतको लोकप्रियता र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनीमाथि पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ ।

Advertisement

समानुपातिकतर्फ भने पुरुष सूचिमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस गरिएको छ ।

समानुपातिक महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य सिफारिस सूचीमा परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपाली को नाम सिफारिस गरिएको छ ।

Advertisement

त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।

प्रतिक्रिया