नुवाकोट १ डा. महतको नाम सर्वसम्मत सिफारिस
नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ ले डा. प्रकाशशरण महतलाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको छ ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को बिहिबार बसेको बैठकले पार्टीका प्रबत्ता समेत रहेका नेता प्रकाशशरण महतको नाम सर्वसहमत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टी भित्रका अन्य नामभन्दा महतको लोकप्रियता र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनीमाथि पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ ।
समानुपातिकतर्फ भने पुरुष सूचिमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस गरिएको छ ।
समानुपातिक महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य सिफारिस सूचीमा परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपाली को नाम सिफारिस गरिएको छ ।
त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया