नुवाकोट क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारीमा महत

विदुर खबर २०८२ मंसिर २४ गते २०:५४

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्।

Advertisement

महतनिकट नेताहरूका अनुसार पछिल्लो समय उनी नुवाकोट क्षेत्र नम्बर १ मा केन्द्रित छन् र फागुन २१ को चुनावमा महत यही क्षेत्रबाट निर्वाचन लड्न लागेका छन्।

निर्माणाधीन पासाङल्हामु राजमार्गको तीनपिप्ले–ककनी सडक खण्डदेखि रानीपौवासम्मको निरीक्षण तथा स्थानीयवासीसँग उनले अन्तर्क्रिया गरेका थिए। महत २०७९ सालको प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फबाट सांसद बनेका थिए।

Advertisement

कांग्रेसले २०७९ मा समानुपातिक सांसदलाई यसपालि नदोहोर्‍याउने बताएको छ। त्यसअघि २०७४ मा महत काठमाडौं क्षेत्र नम्बर ५ मा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए।

प्रतिक्रिया