विदुर खानेपानीको अध्यक्षमा संजीव श्रेष्ठ भारी मतले विजयी
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा संजीवबहादु्र श्रेष्ठ भारी मतले विजयी भएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका श्रेष्ठ भारी मतले विजयी भएका हुन् ।

औपचारिक मतगणना सकिन बाँकी रहँदै गर्दा श्रेष्ठले आफ्ना प्रतिस्पर्धीलाई झण्डै ५ सय ६७ सय मतको अन्तरले पछाडी पारेका छन् । यो समाचार तयार गर्दासम्म दुई हजार एक सय ४६ मत गणना हुँदा श्रेष्ठले १२४९ मत पाएका छन् भने उनका निकटतम प्रतिष्पर्धी हरिशरण गजुरेलले ६८२ मत पाएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अम्बिका चित्रकार विजयी भएकी छिन् । उनले एक हजार ७३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी संगिता कोइरालाले ७४४ मत ल्याएकी छिन् । चित्रकारले कोइरालाभन्दा ३ सय २९ मत बढी ल्याएर अग्रता बनाएकी छिन् ।
उपाध्यक्ष र सचिवमा हरिशरण प्यानलका राजेन्द्र पाण्डे र रघुनाथ रिमालले अग्रता बनाउँदै जित नजिक पुगेका छन् । उपाध्यक्ष पाण्डेले आफ्ना प्रतिस्पर्धी नविन प्रधानलाई ८९ मतले पछाडि पारेका छन् भने रिमालले १ सय २६ मतले अग्रता लिएका छन् ।
राजेन्द्र पाण्डेले ९७१ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नविन प्रधानले ८८२ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा रघुनाथ रिमालले ९७१ मत प्राप्त गर्दा अच्युत राज महन्त गिरीले ८४२ मत प्राप्त गरे ।
सदस्यहरुमा श्रेष्ठ प्यानलका सबै उम्मेद्धवारहरुले अग्रता बनाइरहेका छन् । जसमा शंकर पाण्डे ९७७, दिपक तिमिल्सेना ९६१ र गोविन्द अधिकारीले ८५६ मत ल्याएर अग्रता बनाएका छन् । यस्तै महिला सदस्यहरुमा पनि संजीव प्यानलकै सिता अधिकारी १००५ र बिन्दा सडौलाले ९९१ मत ल्याएर अग्रता लिएकी छिन् ।
यस्तै हरिशरण प्यानलका सदस्यहरु सुमन अधिकारीले ८२६, मुरारी नेपालले ८२५ र दिपक कुमालले ६२९ मत प्राप्त गरे । त्यस्तै महिला सदस्यमा चिरिग्याल लामाले ६४० र सरस्वती न्यौपानेले ६६८ मत पाइन् ।

अध्यक्षमा विजयी भएका संजीव श्रेष्ठलाई नेपाली कांग्रेस र एमालको सर्मथन रहेको छ भने हरिशरण गजुरेलको प्यानलाई रास्वपा, राप्रपा र नेपाली कम्युनिष्ट पार्टीको समेत समर्थन रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुर खानेपानीको अध्यक्षमा संजीव श्रेष्ठ भारी मतले विजयी
नेकपा पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : प्रचण्ड
बसिर अहमदको चमकदार अर्धशतकमा विराटनगरले कर्णालीलाई हरायो
पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश
निर्वाचनमा एक थोपा पनि रगत नबग्ने गरी सुरक्षा व्यवस्था मिलाउन सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन





प्रतिक्रिया