नुवाकोटमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु
विदुर खबर
२०८२ मंसिर ९ गते २०:१३
नुवाकोट । नुवाकोटको विदुर -५ पिपलटारमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मंगलवार साँझ विदुर ५ पिपलटारस्थित गल्छी–त्रिशुली सडकखण्डमा गल्छीबाट बट्टारतर्फ आउदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा ८० वर्षिय लिलानाथ कोइरालाको मृत्यु भएको हो ।
मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

र्दुघटनामा मोटरसाईकल चालक लम्जुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ५ बस्ने जिवन तामाङ र सोही मोटरसाईकलको .पछाडी सवार बिष्णु थापा सामान्य घाईते भएका छन् ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान शुरु गरेको छ ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया