एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा सामुदायिक अस्पताल निर्माण र सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सम्पन्न भएको छ।

कात्तिक १९ देखि २५ गतेसम्म सञ्चालन भएको महायज्ञमा एक करोड रुपयाँ भन्दा बढि नगद संकलन भएको छ । साथै स्थानीय दाताहरुबाट पाँच रोपनी बराबरको जग्गादान समेत प्राप्त भएको आयोजक समितिले जानकारी दिएको छ ।
महायज्ञमा स्थानीय देवकी नेपालले करिब ४० लाख रुपैयाँ बराबरको आठ आना क्षेत्रफलको जग्गा दान गरेकी छन् । त्यस्तै, कल्याण नेपालले ३५ लाख रुपैयाँ बराबरको दुई रोपनी पाँच आना, ध्रुव नेपालले ३२ लाख बराबरको दुई रोपनी, चेतनाथ नेपालले नौ लाख बराबरको छ आना, पवित्रा ओझाले छ लाख बराबरको चार आना, र पुरुषोत्तम भण्डारीले आठ लाख रुपैयाँ नगद दान गरेका छन् ।

समुदायकै अग्रणी भूमिकामा सम्पन्न महायज्ञमा स्थानीय निकायहरुको सहयोग पनि प्राप्त भएको छ । बेलकोटगढी नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको छ भने मेयर जगतबहादुर गुरुङले आफ्नै एक वर्षको तलव–सुविधा रकम करिब साढे चार लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
त्यसैगरी, विदुर नगरपालिकाले पनि सामुदायिक अस्पताल स्थापना र सञ्चालनमा २ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले मंगलबार महायज्ञ स्थलमा उपस्थित भई सो सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै, तारकेश्वर गाउँपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले आफ्ना दिवंगत पिता ज्ञानकुमार अधिकारी र माता गौरादेवी अधिकारीको स्मृतिमा व्यक्तिगत रुपमा ५१ हजार एक सय १० रुपैयाँ समेत दान गरेको जनाएका छन्।
महायज्ञमा बेलकोटगढी नगरपालिकाका कार्यपालिका सदस्यहरूले पनि सामूहिक रुपमा आफ्नो तलब सुविधा वापत ७७ हजार सात सय ७७ रुपैयाँ प्रदान गरेका छन्। कार्यपालिकाको तर्फबट उपमेयर शिवप्रसाद दाहालले महायज्ञको अन्तिम दिन मंगलबार रकम प्रदान गर्नुभएको थियो ।
महायज्ञबाट संकलित सम्पूर्ण रकम र वस्तु सामग्री अस्पतालको निर्माण तथा पूर्वाधार विकासमा खर्च गरिने आर्थिक समितिका संयोजक शम्भुप्रसाद सिग्देलले जानकारी दिए । समुदायबाट प्राप्त सहयोगले अस्पताल निर्माणका लागि ठुलो योगदान पुगेको भन्दै आयोजक समितिका अध्यक्ष दामोदर नेपालले सबैलाई धन्यवाद दिएका छन् ।
यसैबीच चर्चित बाचिका राधिका दासीलाई आज बिहान सम्मानकासाथ बिदाई गरिएको छ । दासी बस्नुभएको निवासमा आयोजित कार्यक्रममा आयोजक समिति तथा स्थानीय बासिन्दाहरुले भव्य रुपमा बिदाई गरेका छन् । उता दासीले पनि आफूले नुवाकोटमा धेरे माया पाएकोभन्दै सबैलाई धन्याद दिनुभएको छ । आयोजका अनुसार खर्चको विवरण भने एक दुई दिनमा सार्वजनिक गरिनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया