पाँचखलेमा बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सव शुरु
नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ८ पाँचखलेमा रहेको जनसेवा आधारभूत विद्यालयको शैक्षिक स्तर उन्नती एवं अक्षयकोष स्थापनाका लागि बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सव शुरु शुरु गरिएको छ ।

विभिन्न संघसंस्थाको सहयोगमा भएको बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सवको संरक्षकमा बेलकोटगढी नगरपालिकाको कार्यालय रहेको छ भने यज्ञ व्यवस्थापकमा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ को कार्यालय, र विद्यालय आफै रहेको छ ।
विद्यालयको शैक्षिक स्तर उन्नती एवं अक्षयकोष स्थापनाका लागि आयोजना गरिएको भागवत महोत्सवको लागि प्रमुख कथा वाचक पण्डित कपिलदेव भट्ट रहेका छन् ।
शुक्रवारदेखि शुरु भएको बृहत राष्ट्र शान्ति शैक्षिक तथा भागवत महोत्सव आगामी कार्तिक १ गतेसम्म संचालन हुने छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुबाट संगीतमय भजनकीर्तन, देवलीला सहितको झाँकी प्रर्दशन भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया