तारकेश्वरमा आयातित फूलका माला र ब्याज निषेध, प्रमुख अतिथि नबन्ने अधिकारीको निर्णय
नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले आफु अबदेखि कुनैपनि कार्यक्रमको प्रमुख अतिथि नबन्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी तारुका उपशाखाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । नियमित जसो भइरहने कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदा लामो समय व्यतीत हुने भएकाले गाउँपालिका अध्यक्षका रूपमा गर्नुपर्ने जनसेवाका कार्यहरूका लागि थप व्यवस्थापन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको उनले बताए ।
यस्तै गाउँपालिका भित्रका सरकारी कार्यालयहरूलाई कार्यक्रमहरूमा स्थानीय फूलको मात्र प्रयोग गर्न उनले निर्देशन दिएका छन् ।

अधिकारीले गाउँपालिका भित्रका सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य केन्द्र तथा सहकारी संस्थाहरूले गर्ने कार्यक्रमहरूलाई मितव्ययी बनाउन महँगा खादा, आयातित फूलका माला, ब्याज आदिको प्रयोग निषेध गर्दै स्थानीय फूलहरूको प्रयोग गर्न निर्देशन दिएका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया