नुवाकोटको कोल्पुखोलामा एक महिलाको लाश फेला
विदुर खबर
२०८२ असोज २३ गते १५:५६

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ कोल्पुखोलामा एक महिलाको लाश फेला परेको छ ।

बिहिबार विहान कोल्पुखोला किनारमा नामथर तथा वतन नखुलेको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उक्त शव पछि तादी गाउँपालिका वडा नम्बर १ बस्ने सार्की तामाङले आफ्नी श्रीमति माइती तामाङको रहेको भन्दै सनाखद गरेका छन् ।
माईती ककनी गाउँपालिका वडा नम्बर १ डम्पिङ साइडमा फोहोर संकलकको रुपमा काम गर्दै आएकी थिइन् ।

उनी यहि असोज १३ गते बिहानको समय तिर घरबाट निस्कपछि बेपत्ता भएकी थिइन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया