घण्टाघर र्दुघटनाका घाइते अधिकारीलाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाण्डौ लगियो
विदुर खबर
२०८२ असोज २३ गते १४:०४
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारस्थित घण्टाघरमा वुधवार विहान भएको र्दुघटनाको घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

बुधबार बिहान करिब १०ः३० बजे हावाघर–संगमचोक सडक खण्डमा ग १ ख ९९३५ नम्बरको आईचरले बा ६५ प ५०४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक विदुर १२ का अनिस अधिकारी गम्भीर घाइते भएका थिए ।
उनलाई त्रिशुली अस्पताल अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौको ग्रान्डी अस्पताले लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको टाउँको र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।
र्दुघटनापछि प्रहरीले तारकेश्वर गाउँपवालिका वडा नम्बर १ घर भएका आईचर चालक राधाकृष्ण घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया